काठमाडौं – संघीय संसदबाट संसद् अधिवेशन सुरु भएको एक वर्षभित्र संविधानअनुकूलका १ सय ७६ विधेयक पारित गर्नुपर्ने भए पनि अहिलेसम्म १ सय ६५ विधेयक मात्रै पारित भएका छन्। संसदको दुवै सदनबाट पारित भएका विधेयकलाई शनिबार बस्ने प्रतिनिधिसाको बैठकले राष्ट्रपतिसमक्ष प्रमाणिकरणका लागि पठाउने संसद् सचिवालयले जनाएको हो।

संविधान अनुकुल बनाउने केही नेपाल ऐनलाई संशोधन विधेयकले १ सय ९ कानुन र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले ५६ कानुनलाई संशोधन गरेको छ। तर अन्य ११ विधेयक अझै पारित भएका छैनन्। संसद्को अधिवेशन सुरु भएको एक वर्ष पुग्न अब चार दिनमात्रै बाँकी रहँदा सबै ११ विधेयक पारित गर्ने तयारीमा संसद् छैन। ११ विधेयकमध्ये केही विधेयक प्रतिनिधिसभाको विधेयक शाखामा छन् भने केही राष्ट्रियसभा र प्रतिनिधिसभाका समितिमा रहेका छन्। कानुन मन्त्रालयले १ सय ७६ विधेयक २१ गतेभित्र पारित नभएमा निक्रिय हुने जनाएको छ। कानुन मन्त्रालयका सहायक प्रवक्ता हुमबहादुर केसीले भने, ‘कानुन मन्त्रालयले अहिलेसम्म १ सय ७६ विधेयक फागुन २१ गतेभित्र पारित गर्नुपर्ने भनेर ठम्माएको छ,’ उनले भने, ‘सबै विधेयक संसद्मा पुगेका छन्, पारित गर्नेकाम संसद्को हो।’

संविधानको धारा ३०४ को प्रतिबन्धात्मक वाक्यांशले संविधानसँग बाझिएको कानुन यो संविधानबमोजिमको संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्षपछि बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ भन्ने व्यवस्था गरेको छ। संघीय संसदको पहिलो अधिवेशन २०७४ फागुन २१ बाट सुरु भएको थियो। सोअनुसार आगामी फागुन २१ गते आउन अझै चार दिन बाँकी रहेको छ। संसद अधिवेशन सुरु भएको एक बर्षभित्र बनाइसक्नुपर्ने संविधान अनुकूलका ११ विधेयकमध्ये लेखा परीक्षण विधेयक अर्थ समितिले भर्खर विधेयक प्रतिवेदन प्रतिनिधिसभमा पठाएपछि अहिले यो विधेयक राष्ट्रियसभामा संशोधनका क्रममा छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version