काठमाडौँ: शनिबार उपचारका क्रममा दिवंगत भएका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ।

उनको पार्थिव शरीरलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका छन्। यसैगरी उनलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालयका उल्लेख्य संख्याको उपस्थिति रहेको छ।

पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि १२ बजेसम्म राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version