काठमाडौँ: पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेकाे हाे ।
उनको पार्थिव शरीरलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका छन्। यसैगरी उनलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालयका उल्लेख्य संख्याको उपस्थिति रहेको छ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री अधिकारीको ८२ वर्षको शनिबार राति निधन भएको छ ।
फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति ९ः३५ मा निधन भएको थियो ।
