कञ्चनपुर: कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् ।

ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताउनुभयो ।

“आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उहाँले भन्नुभयो । के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version