हेटौँडा: आन्तरिक राजस्व कार्यालय हेटौँडाले कर (राजस्व) छल्नेविरुद्ध अनुगमन तीव्र पारेको छ । मकवानपुरको हेटौँडालगायत शहरी तथा ग्रामीण क्षेत्रमा रहेका औद्योगिक, व्यापारिक र व्यावसायिक प्रतिष्ठानमा कार्यालयबाट अधिकृतको नेतृत्वमा टोली खटाई फार्मको जाँच तथा अनुगमन गर्ने गरिएको प्रमुख कर अधिकृत सन्तबहादुर ढकालले बताउनुभयो ।

करको दायरामा नआएका र कर छल्नेमाथि अनुगमन गरिनाका साथै कर सम्बन्धि अभियान थाल्ने उहाँले बताउनुभयो । कार्यालयका अनुसार चालू आवको सात महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । साउनदेखि माघसम्ममा रु दुई अर्ब पाँच करोड ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु दुई अर्ब २६ करोड ७४ लाख ५५ हजार सङ्कलन भएको छ ।

सो अवधिमा आयकरबापत रु ४२ करोड, घर बहाल करबापत रु एक करोड ५० लाख ९३ हजार, ब्याज करबापत रु दुई करोड ५६ लाख ५६ हजार, मूल्य अभिवृद्धि करबापत रु ३२ करोड ५८ लाख, अन्तःशुल्क करबापत रु एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार, स्वस्थ्य सेवा शुल्कबापत रु १० करोड १३ लाख र शिक्षा सेवा करबापत रु १८ लाख ९७ हजार राजस्व सङ्कलन भएको छ ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version