काठमाडौँ: सर्वोच्च अदालतले राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी तारेखमा छाड्नो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निजबाट अपराधसँग सम्बन्धित दोषी प्रमाण केही फेला परेको देखिँदैन, पुर्पक्षका लागि थुनामा राख्नु परेन, तारेखका राखी मुद्दामा पुर्पक्ष गर्न दिनु ।”

देशलाई टुक्र्याउनेलगायत राज्य विरुद्धको अपराधमा राउतलाई जिल्ला अदालत रौतहटले गत मङ्सिर २० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जले माघ ३ गते जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version