काठमाडौँ: स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आजबाट खुलेको छ । संस्थाले २ लाख ५२ हजार आईपीओका लागि आइतबारदेखि आवेदन खुला गरेको हो । आईपीओका लागि आगामी २९ गतेसम्म आवेदन दिने पाइने कम्पनीले बताएको छ । आईपीओका लागि प्रति कित्ता सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि अधिकतम १ हजार ३ सय ४० कित्तासम्म आवेदन दिन पाइने संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
संस्थाले २ लाख ६९ हजार ६३० कित्ता सेयर मध्ये ४ हजार १४८ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १३ हजार ४ सय ८२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
सानिमा क्यापिटलका अनुसार बाँकी रहेका शेयरलाई सर्वसाधारणमा निष्कासन गरिएको छ ।
