काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापाक नेप्से परिसूचक आइतबार शुन्य दशमलब ९४ अंकले बढेर एक हजार १२८ दशमलब ७१ अंकमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ४० अंकले बढेर २४० दशमलब ११ अंकमा झरेको छ ।
नेप्सेमा सामान्य सुधार आएपनि कारोवार रकममा भने भारी गिरावट आएको छ ।
आज कूल १४० कम्पनीका ३ लाख २२ हजार २४२ कित्ता शेयर ९ करोड ३८ लाख ४२ हजार ८६१ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको कारोवारमा बाणिज्य बैंक एक दशमलब ३४ अंक, विकास बैंक शुन्य दशमलब ५३ अंक र होटल ५ दशमलब ५४ अंकले बढेका छन् ।
त्यसैगरी, जीवन बीमा ३४ दशमलब ८८ अंकले बढेको छ ।
यधपी, जलबिधुत शुन्य दशमलब २६ अंक, उत्पादन ५ दशमलब ४५ अंक र लघुवित्त एक दशमलब ५७ अंकले घटेका छन् ।
