काठमाडौँ: संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण रहेको प्राध्यापकहरुले बताएका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनले आज जारी गरिएको पे्रस विज्ञप्तिमा विश्वविद्यालयको अभिभावकत्व ग्रहण गर्नुभएका व्यक्तिबाट मर्यादाहीन काम भएकाले प्रा डा कोइरालाको क्यानडा भ्रमण स्थगन हुनु न्यायपूर्ण रहेको जनाएको छ ।

विदेश भ्रमणमा जाँदा अपनाउनुपर्ने सामान्य प्रक्रियालाई समेत बेवास्ता गरी कुलपतिको पूर्वस्वीकृतिबिना नै विदेश भ्रमणका लागि तयार भएको देखिएको छ, विज्ञप्तिमा भनिएको छ, “नियुक्त भएदेखि नै उपकुलपति डा कोइरालाबाट विश्वविद्यालयको ऐन नियम विपरीत काम गर्दै आएको छ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version