राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबारदेखि शुरु भएको दुईदिने ‘छुट तथा पुनः जाँच सर्वेक्षण २०७५ प्रशिक्षक÷प्रशिक्षा’ कार्यक्रममा उनले अनुदान सम्झौता गर्नुपर्ने सबै काम सम्पन्न गर्ने लक्ष्य पूरा गर्न अभिमुखीकरण मुख्य कोशेढुङ्गा बन्ने बताए ।

राष्ट्रिय पुनःर्मिाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (जिमाली)का आयोजना उपनिर्देशक हरिप्रसाद शर्माले काम शुरु गर्नुभन्दा अगाडिका व्यावहारिक कुरा मिलाउन गाह्रो हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । समुदायमा मान्छे चिन्न र कानूनी विषयमा देखिएका समस्यामा समाधान गर्न वडाध्यक्ष र सचिवसँग निरन्तर समन्वय गरेर काम गर्न सुझाव दिए ।

कार्यक्रममा प्रत्येक जिल्लाबाट जिल्लास्थित जिल्ला सहयोग इञ्जिनीयर र ‘फोकल पर्सन’ गरी दुई जनाका दरले ३२ जिल्लाका सहभागी छन् । प्राधिकरणले पहिला सर्वेक्षण गर्दा गलत सङ्कलन नभएका गुनासाकर्ता र नयाँ दर्ता गरिएका गुनासाको अन्तिम पटक छुट तथा पुनःजाँच सर्वेक्षण गर्न आगामी चैत १५ गतेदेखि सम्पूर्ण भूकम्प लाभग्राही जिल्लामा एकैसाथ स्थानीय तहमा तोकिएको प्राविधिकबाट लगत सङ्कलन गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version