काठमाडौँ: सिन्धुपाल्चोक थाङकपाल गाउँपालिका ४ सल्लेडाँडास्थित मेलम्ची मानेखर्क सडकमा हिजो राती बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् ।
तितेपानीबाट मानेखर्क जाँदै गरेको लु १ ख ९९९ नम्बरको बोलेरो ४ सय मिटर तल खस्दा ५ जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको एसपी मोहन पोखरेले जनाएका छन् ।
मृत्यु हुनेहरुमा सिन्धुपाल्चोककै नानी तामाङ, जयरानी तामाङ, भीमबहादुर तामाङ, होम तामाङ र सुनमाया तामाङ रहेको प्रहरीले जनाएका छन् ।
घाईते हुनेहरुमा चालक रामबहादुर लामा, अश्मि श्रेष्ठ, मनमाया तामाङ, खुशि तामाङ, सुस्मिता वाईबा, शिर्षानी वाईवा , जिमी तामाङ र भिमजुनी तामाङ रहेका छन ।
दुर्घटनामा सबै घाइतेहरुको अवस्था गम्भिर रहेका छन् भने उनीहरुको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएका छन् ।
सिन्धुपाल्चोक, थाङकपाल गाउँपालिका ४ सल्लेस्थित मेलम्ची मानेखर्क कच्ची सकडमा तितेपानीबाट मानेखर्क जाँदै गरेको उक्त बोलेरो रातो ८ बजेर २० दुर्घटना भएको थियो ।
