काठमाडौँ: मेगा बैंक नेपाल लिमिटेडको ७ औं वार्षिक साधारण सभा अहिले राजधानीको राष्ट्रिय सभा गृहमा सुरु हुदैछ।
सभा बिहान ११ बजेबाट सुरु हुँदैछ ।
सभाले आज कूल चुक्ता पुंजीको १०.७५ प्रतिशत लाभांश ( ९९ करोड ८६ लाख रुपैयाँ) दिने प्रस्ताव पारित गर्दैछ
यस्तै, बैंकले आजै संचालक समितिलाई ११ अर्व ५० करोड बराबरको आधिकारिक पुंजी वृद्धिको लागि अधिकार दिनेबारे पनि प्रस्ताव पारित हुनेछ ।
सभाले आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षण पास गर्ने कार्यक्रम रहेको छ ।यस्तै मेगा बैंकका लेखा परीक्षक र पूर्व टुरिजम विकास बैंकका लेखा परीक्षक तलव मान स्वीकृत गर्नेछ ।
यसरी नै सभाले आज प्रमोटर र साधारण सेयर समूहबाट तीन तीन जना निर्देशक चयन गर्नेछ ।
बैंकले सभाका लागि भन्दै असार १५ गते नै सेयरधनी दर्ता किताव बन्द गरेको थियो, जसको अर्थ असर १४ गतेसम्मका सेयरकर्ताले घोषित लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले तेश्रो चौमाससम्ममा ५१ करोड ४९ लाख खुद नाफा गरेको जनाएको छ । बैंकको विहिबारको सेयर बजारमा कायम भएको कारोबार मुल्य १५८ रुपैयाँ रहेको छ ।
