बेइजिङ सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।

अमेरिकी जनमत सर्भेक्षण सञ्चालक, द ग्यालप अर्गनाइजेसनले बिहिबार जारी गरेको प्रतिवेदनमा चीनको औसत अनुमोदन मूल्याङ्कन             (मिडियन एप्रोभल रेटिङ) ३४ प्रतिशत पुगेको र यो तथ्याङ्क पछिल्लो दशकमा सबैभन्दा उच्च बिन्दूमा पुगेको रिपोर्टमा उल्लेख छ।

’ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नाम दिइएको उक्त अध्ययनले अमेरिका, चीन, जर्मनी, रूसलगायत एक सय तीस वटा मुलुकमा सर्भेक्षणमा समावेश गरेको थियो ।

चिनियाँ नेतृत्व क्षमताको औसत अनुमोदन मूल्याङ्कनमा ३४ प्रतिशत, रुसको ३० प्रतिशत जर्मनीको सबैभन्दा अगाडि ३९ प्रतिशत र अमेरिकाको स्थान झर्दै ३१ प्रतिशत रहेको देखिएको छ ।

सन् २०१७ मा अमेरिका र चीन झण्डैझण्डै बराबरी स्थानमा थिऐ भने पछिल्लो तथ्याङ्कमा चीनले अमेरिकालाई उछिनेको छ ।
चीनले छिमेकी देश पाकिस्तानबाट सबैभन्दा धेरै ७३ प्रतिशत स्वीकृति पाएको छ भने अफ्रिकी देशहरूबाट ५३ प्रतिशत पाएको छ ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version