पोखरा: पोखराका अग्रज सञ्चारकर्मी स्व चन्द्रकान्त पौडेल (गोरखापत्र बाजे) को स्मृतिमा रु एक लाखको सञ्चारकर्मी सम्मान अक्षयकोष स्थापना गरिने भएको छ ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालको राष्ट्रिय समितिको बैठकको निर्णयअनुसार अक्षयकोष स्थापना गर्न लागिएको सङ«घका अध्यक्ष कृष्णप्रसाद वास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार पेशाप्रति निष्ठावान, निर्भिक र निडर सञ्चारकर्मीका रूपमा परिचित गोरखापत्र बाजेको स्मृतिमा स्थापना गर्न लागिएको उक्त पुरस्कार अक्षयकोषका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।

कोषका लागि आदर्श समाज राष्ट्रिय दैनिकले रु २५ हजार, बाजेका कान्छा छोरा शिव पौडेलले रु २० हजार ५००, नेपाल ज्योतिष पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा बलराम रेग्मीबाट रु पाँच हजार १००, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष कृष्ण थापाबाट रु दुई हजार ५०० र राष्ट्र आवाज साप्ताहिकका प्रधान सम्पादक केशव भण्डारीबाट रु एक हजार ५०० प्राप्त भएको सङ्घले जनाएको छ । चन्द्रकान्त पौडेलले ४० वर्षअघिदेखि पोखरामा गोरखापत्रलगायतका पत्रपत्रिकाको वितरण तथा सूचना प्रवाहको काम गर्नुभएको थियो । उहाँको ८० वर्षको उमेरमा विसं २०६९ माघ २१ गते निधन भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version