काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज सोमबार १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।
बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो । ट्रेजरी बिल खरिद गर्ने बैंक तथा बित्तिय संस्थाले आज तीन बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्रिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
Facebook Comments Box
