नयाँदिल्ली:  भारतकाे गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरकाे अाइतबार ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनाेहरकाे निधन भएकाे जानकारी दिनुभएकाे हाे ।

 

उहाँ लामाे समयदेखि पेटकाे क्यान्सरबाट पीडित हुनुहुन्थ्याे ।

 

पर्रिकरकाे निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शाेक व्यक्त गर्नुभएकाे छ । भाजपाका नेता मनाेहर केही समय भारतकाे रक्षामन्त्री पनि बन्नुभएकाे थियाे । तर गाेवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गाेवाकाे मुख्यमन्त्री बन्नुभएकाे थियाे ।

 

उहाँ गाेवामा लामाे समयदेखि मुख्यमन्त्री पदमा रहनुभएकाे छ । उहाँलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version