काठमाडौँ:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरुपयोग गरेको उहाँमाथि आरोप लागेको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहको समेत मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदासमेत बरबुझारथ नगरेको र ललितपुरमा समेत रु २० लाख बराबरको हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार रु एक करोड बराबरको हिनामिना गरेको भन्ने उजुरीका विषयमा अनुसन्धान गर्दा आन्तरिक छानबिन समितिलाई नै प्रभावमा पारी रु ३० लाख मात्रै तिरेर सफाइ दिन लागिएको समेत अनुसन्धानबाट खुलेको छ ।

वास्तविक भौचरलाई परिवर्तन गरी सरकारी राजश्वसमेत दुरुपयोग गरेको लेखापाल महतमाथि अभियोग लागेको छ । आयोगले बिगो असुल गरी कैद सजायको मागसमेत गरेको छ । यस्तै आयोगले आजै यशोधरा गाँउपालिका–३ को कृष्ण धार्मिक मावि व्यवस्थापन समितिका सदस्य विजयनाथ चौवेले अनुदान शिक्षकको दरबन्दीमा शिक्षक नियुक्ति गरिदिने भन्दै घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
व्यवस्थापन समितिका सदस्य चौवेले विद्यालयमा विज्ञापन गरिएको माध्यामिक विद्यालयको अङ्ग्रेजी शिक्षकमा उत्तीर्ण गराइदिने भन्दै एक परिक्षार्थीसँग रु एक लाख घुस लिएको अभियोग लागेको छ । आयोगको टोलीले चौवेलाई घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version