काठमाडौँ : पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ । आठ उपसमुहको शेयर ओरालो लागेको छ । स्टकका अनुसार वित्त ४.३८ र उत्पादन उपसमूह ७.६६ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ६.३७, होटल ७.१४, विकास बैंक ६.१९, जलविद्युत् १४.३९, निर्जीवन बीमा ६०.४६, अन्य ०.६४, लघुवित्त १०.६८ र जीवन बीमा ७६.५३ विन्दुले घटेको छ । लगानीकर्ता ग्लोबल आइएमई बैंकको संस्थापक शेयरतर्फ आर्कषित हुँदा आज सो बैंकको रु छ करोड ३९ लाख १० हजार ५७२ मूल्य बराबरको कारोवार भएको छ ।

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रु एक करोड ४७ लाख १४ हजार ८४६, एभरेष्ट बैंकको रु एक करोड २४ लाख ३२ हजार ५३१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ७६ हजार ८११ बराबरको कारोवार भएको छ ।

स्टकका अनुसार युनाइटेड फाइनान्सका शेयरधनीले ८.७२ प्रतिशतले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ७.१४, आशा लघुवित्त वित्तीय संस्था ४.९८, सिन्धु विकास बैंक ४.५५, श्रीराम सुगर मिल ४.५२ प्रतिशतले कमाएका छन् ।

यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ५.१६, खानीखोला हाइड्रो पावर कम्पनी ४.८७, रैराङ हाइड्रो पावर ३.८०, अपि पावर कम्पनीका शेयरुधनीले ३.५९ प्रतिशतले गुमाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version