काठमाडौँ: काठमाडौँको भृकुटीमण्डपमा यही चैत ८ देखि १० गतेसम्म २२औँ ‘फ्लोरा एक्स्पो–२०७५’ आयोजना हुनेभएको छ । देशका विभिन्न स्थानमा उत्पादन भएका फूल तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन विस्तार, नयाँ प्रविधिको अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र जनचेतना जगाउने उद्देश्यले सो मेलाको आयोजना गरिएको हो ।

‘फ्लोराकल्चर एशोसिएशन नेपाल (फ्यान)’ को आयोजनामा हुन लागेको उक्त महोत्सवमा मौसमी फूल, आलङ्कारीक बोटविरुवा, कट फ्लावर, ट्राइ फ्लावर, सुनाखरी कम्पोष्ट मल, फूलको गानो, वीउविजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादीका गरी ८४ विक्री कक्ष रहनेछन् । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ हुन लागेका सो महोत्सवको ५० लाख व्यक्तिले अवलोकन गर्ने तथा रु ६० लाखको कारोबार हुने अनुमान आयोजकको छ ।

नेपाल पूmलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो । तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात गरिएको थियो । नेपालमा पूmलखेती व्यावसायिक रुपमा गर्न थालेको अढाइ दशक वितेको छ । विसं २०११ देखि नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरुभएको पूmल व्यवसाय आर्थिक वर्ष २०७४÷७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ । करीब ७००फूल व्यवसायी छन् । लगभग तीनहजार ६० रोपनीमा पूmल खेती हुँदै आएको छ भने ४३ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । नेपालमा पुष्पखेती वार्षिक १५ प्रतिशतले वृद्धि भइरहेको छ । आव २०७४÷७५ मा रु दुई अर्ब २५ करोडको व्यावसायिक कारोवार भएको थियो । सोही वर्ष रु ११ करोडको आयात र रु दुई करोड ३७ लाखको निर्यात भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version