काठमाडौँ: पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुनको समय भएकाले अपराह्नपछि पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाका मौसमविद् विभुती पोखरेले बताए । उनका अनुसार प्रिमनसुनको विशेषता छोटो समय वर्षा हुने र उपत्यकाकै पनि एक ठाउँमा वर्षा हुने अर्काे ठाउँमा नहुने हुन्छ । भारी वर्षा भने नहुने बताइएको छ ।
बुधबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तथा मध्य पूर्वी क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
त्यस्तै बिहीबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २६ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै जोमसोमको न्यूनतम तापक्रम सबै भन्दा कम २ दशमलव शून्य डिग्री सेल्सियस छ ।
Trending
- ऊर्जामन्त्री श्रेष्ठका १०० दिन: नीतिगत सुधारदेखि ऊर्जा पूर्वाधार विस्तारसम्म
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा र आर्थिक कूटनीतिमा पहल
- सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन, हालसम्म ५० प्रतिशत भौतिक प्रगति
- डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
- पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो
- ३ महिनापछि बढ्यो ग्लोबलको कारोबार र मूल्य, अन्य बैंकको के छ अवस्था?
- विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
- जेनजी आन्दोलनमा आदेश दिने र गोली चलाउने सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नहुने
