काठमाडौं: सम्पत्तिका लागि झगडा भएका उदाहरणहरु जहाँकहीँका हुन सक्छन् । तर अति व्यस्त सहर न्युरोडभित्र भने नालीबाट निकालिएको हिलो फोहोर किन्न मारामार हुन्छ ।

 

न्युरोडको नालीमा अवरोध आएको सुचना पाउनेबित्तिकै हुलका हुल आएर हिलो ओगट्ने क्रम चल्छ ।

 

‘केही समयअघि ढल खोतल्दै गर्दा हिलो लिनका लागि कुटाकुट नै भयो,’ अवरोध खुलाउन खटिएका माइला तामाङ भन्छन्, ‘महिला पुरुषदेखि बालबालिकासम्म हारादुछ गर्छन्, कतिले पैसा दिएर लान्छन, कतिले थाहै नदिई राति उठाउँछन् ।’

 

न्युरोडभित्रका ढल अवरोध खुलाउने ठेक्का मकवानपुरका हर्क तामाङले गर्दै छन् । उनको भाइ माइलासहित केहीले ढल खोल्छनु र फोहोर बाहिर निकाल्छन् । यो समाचार राजेन्द्र मानन्धरले कान्तिपुरमा लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version