काठमाडौँ: साफ महिला च्याम्पिनसीपको उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक भारतले नै तुसारापात लगाइदिएको छ।

 

विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ. पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

 

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फि्रकिकमा उत्कृष्ट गोल गरिन् ।

 

त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् ।

 

त्यसअघि १३औं मिनेटमा सावित्रा भण्डारीले दिएको पासलाई मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल गोलकिपर आदिती चौहानले बचाएकी थिइन् ।

१९औं मिनेटमा सावित्राले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा नेपालले गोल गर्ने राम्रो अवसर खेर फाल्यो । तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । नेपालले ६३औं मिनेटमा दोस्रो गोल खान पुग्यो ।

 

भारतकी ग्रेस दाङमेले किपरलाई विट गर्दै गोल गरिन् । यससँगै नेपाल दबावमा आयो ।

खेलको ७८औं मिनेटमा अन्जु तामाङले गोल गर्दै भारतको जित सुनिश्चित गरिन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version