काठमाडौँ: नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । नेपाल धितोपत्र बोर्डले लगानी सम्मेलन नजिकिएको भन्दै शेयर बजारका लगानीकर्ताहरुलाई आन्दोलन तथा विरोधका कार्यक्रम नगर्न आग्रह गरे पनि आइतबार शेयर लगानीकर्ता दबाब समूहले बोर्डको कार्यालयमै ताला लगाएका छन् ।

बोर्डले गत चैत ४ गते प्रेश विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई संयमता अपनाउन आग्रह गरेको थियो। यस अघि नेपाल स्टक एक्सचेन्ज आमरण अनसन बसेको दबाब समूहले पुनः धितोपत्र ३२ वटा माग राखेको थियो। समूहले पेस गरेका ३२ बुँदा मध्ये अधिकांश विषय बोर्डले संवोधन गरिसकेको छ। उता बोर्डले लगानीकर्ता माग अनुसार १२ वटा वुँदाको संबोधन सहित कार्यान्वयनमा ल्याएको जनाएको छ। बोर्डले लगानीकर्ताको दबाबपछि प्राथमिक शेयर निष्काशन गर्दा क्रेडिट रेटिङ ५ आएका कम्पनीले शेयर निष्काशन गर्न नपाउने व्यवस्था गरेको छ।

ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो । दबाब समूहले ताला लगाए पछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका छन् । भित्र थुनिने कर्मचारीको नाम भने खुलाइएको छैन ।

शेयर बजारमा लगानी भित्र्याउन प्राइभेट इक्विटी फण्ड भेन्चर क्यापिटल हेज फण्ड जस्ता बैकल्पिक लगानीकोषका लागि विशिष्टिकृत लगानी कोष नियमावलनी २०७५ लागु गरिसकेको छ। यसका साथै एफपिओ निष्काशनको लागि प्रिमियम रकमको गणना विधिलाई पनि परिवर्तन गरिसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version