काठमाडाैं: रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ ।

 

श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा सोही मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

 

समझदारीपसिछ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जापान जान श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने उल्लेख छ । यो समाचार रुद्र खड्काले नागरिकमा लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version