काठमाडौँ: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको छ ।

 

महासङ्घको कार्यसम्पादन सचिवालयको आज यहाँ बसेको बैठकले २०७६ जेठ १८ गतेभित्र सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको हो ।

 

महासङ्घका महासचिव सरोज सिटौलाले असीमित शेयर सदस्य रहने गरी कम्पनीमा जान पाउने सरकारको निर्णयलाई स्वागत गर्दै महासङ्घले उक्त निर्णय गरेको जानकारी दिनुभयो । उक्त निर्णयसँगै अब सबै यातायात व्यवसायी सङ्घ तथा यातायात व्यवसायी प्रालि कम्पनीमा जानुपर्ने भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version