काठमाडौँ: बुटवलमा भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या गरिएको छ। बुुधबार साँझ बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे । बुुटवल वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र लिगल मैनाबगरमा गोली चलेको बताए । उनको छातीमा गोली लागेको प्रहरीको भनाइ छ।

 

प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनापछि गोली प्रहार गर्नेको खोजीकार्य तीब्र पारेको जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version