काठमाडौं: भारतीय विदेश सचिव विजय केशव गोखले दुई दिने नेपाल भ्रमणका लागि आज आउँदै छन् । यही चैत १५ र १६ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा गोखले नेपाल आउन लागेका हुन्।

 

नेपाल रहंदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ।

 

परराष्ट्र मन्त्रालयका अनुसार, गोखलेले भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय हितबारे पनि नेपाली अधिकारीहरुसँग छलफल गर्ने तय भएको छ ।

 

भारत र पाकिस्तानबीच हवाई आक्रमणबाट तनावको स्थिति सिर्जना भएपछि भारतीय अधिकारीबाट नेपालको भ्रमण हुन लागेको पहिलो पटक हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version