काठमाडौं: सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज)बाट राजधानीमा सुरु हुँदैछ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानीसम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुनेछन्। त्यसैगरी, सम्मेलनको दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्र सञ्चालन हुने जानकारी दिइएको छ

सम्मेलनमा ४० देशका ६०० लगानीकर्ता र उच्च प्रतिनिधि मण्डल सहभागी हुनेछन ।सम्मेलनमा सरकारी तर्फमा ५० र निजी क्षेत्रमा २७ गरि ७७ ओवत परियोजन सो–केस गरिने जनाइएको छ । सरकारले १२ वटा समझदारीपत्र र सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version