पर्सा : जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो चरशेसहित भारतको कोलकता शिविपुर निवासी वर्ष ३० का सहनवाद अब्दुललाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा चरेश बरामद भएपछि आवश्यक अनुसन्धनाका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version