काठमाडौँ: यो सात सेयरबजारमा ठुलो उतारचढाब आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलब ४१ अंकले घटेर अन्तिम दिन १ हजार १९१ दशमलब ९८ अंकमा झरेको छ ।
यस साता सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबै भन्दा बढी बिमा समूहको २ सय ३१ दशमलब ९ अंक र होटल समूहको एक सय ४७ दशमलब ८ अंकले घटेको छ ।
त्यसैगरी, बाणिज्य बैंकको परिसूचक २७ दशमलब १६ अंक, विकास बैंक ३४ दशमलब ३२ अंक, बित्त ७ दशमलब ७८ अंक र लघुवित्त ३० दशमलब ०३ अंकले घटेको छ ।
जलबिधुत समूहको नेप्से परिशूचकमा ४३ दशमलब २५ अंकले, उत्तपादन मूलक समूह ६० दशमलब ७६ अंकले, ब्यापार शुन्य दशमलब ५९ अंकले र अन्य समूहको परिशूचक ७ दशमलब ११ अंकले झरेको छ ।
यो साता नेप्से परिशूचकमा भारी गिरावट आएपनि कारोबार रकममा भने वृद्धि आएको छ। कारोबार रकम गत साताको भन्दा ५८ दशमलब ४४ प्रतिशतले बढी हो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १९१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २४ हजर ३७० कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार ३७० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
गत साता १८४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २० हजार २८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार ५५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलब ६८ अंकले
घटेर २५१ दशमलब ०५ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (१५ करोड २५ लाख रुपैयाँ) को आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (३ लाख ९० हजार कित्ता) को आधारमा कुमारी बैंक लिमिटेड ‘ संस्थापक’ अग्रस्थानमा रहेको छ भने कारोबार संख्या (१ हजार ४४९ वटा) को आधारमा रैरङ् जलबिधुत विकास कम्पनि अग्रस्थानमा रहेको छ ।
