काठमाडौँ : नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत २३ गते शनिबार बस्ने भएको छ । काङ्ग्रेसले समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले  जानकारी दिए ।

 

बैठक पार्टी कार्यालय सानेपामा बोलाइएको छ । काङ्ग्रेसले पार्टीको बैठकका लागि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version