काठमाडौँ: आइतबार साँझ एक्कासि वर्षासँगै आएको हावाहुरीले पर्सा र बारामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ४०० भन्दा बढी घाइते छन् ।

 

हावाहुरीले बारामा बारामा मात्र २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन ।

 

दर्जनौं घाइते भएका छन् । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

 

पर्सामा अहिलेसम्म ४ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् । यहाँ पनि कैयौं घाइते भएका छन् ।हावाहुरी प्रभावितहरुको उद्धारमा उद्धारकर्ताहरु जुटिरहेको त्यहाँबाट हाम्रा सहकर्मी सुरेश बिडारीले जनाएका छन् ।

 

हावाहुरीले इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version