काठमाडौँ: जुम्लामा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्यको चिन्ता नलिन सरकारलाई आग्रह गरेका छन्।

डाक्टर केसीले राखेका मागहरू पूरा गर्न दबाब दिँदै सोलिडारीटी फर प्रोफेसर गोविन्द केसीले शनिबार बानेश्वरमा गरेको कार्यक्रममा अडियोमार्फत् सम्बोधन गर्दै केसीले चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड गर्न नहुने बताए।

१५ दिनदेखि अनसनरत उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले आफूलाई राम्रो हेरचाह गरिरहेको बताए।

‘मेरो स्वास्थ्यको चिन्ता नलिनुस्। मलाई उठाएर काठमाडौं लैजाने होइन’ डा. केसीले भने, ‘म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भइरहेको छ। उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु।’

‘जनतामुखी र विद्यार्थीमुखी अध्यादेश तोडमोड गरेर नेता र माफियामुखी ऐन ल्याउने तयारी सरकारले गर्दैछ’ केसीले भने, ‘जसले दुई तिहाइ भोट दिए। उनीहरू (जनता) को हकहितविरुद्ध हुने गरी ऐन ल्याइँदैछ। नागरिकमुखी ऐन ल्याउनुपर्छ माफियामुखी र डन पोस्ने गरी ऐन ल्याउने होइन।’

प्रतिष्ठान खुलेको ८ वर्षसम्म पनि कर्णालीमा एमबिबिएस पढाइ सुरु नभएको भन्दै उनले छिट्टै पठनपाठन सुचारु गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version