काठमाडौँ: नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने भएको छ ।

 

प्राधिकरणले भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो ।

 

समुन्द्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सीधै इन्टरनेट कनेक्सनको लागि सम्भाव्यता अध्ययन गराउन लागेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

त्यसका लागि प्राधिकरणले सोमबार सूचना प्रकाशन गर्दै इच्छुक कम्पनीसँग परामर्शदाताका रुपमा काम गर्न प्रस्ताव माग गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version