काठमाडौं: नेपाल आयत निगमले यो वर्ष कर्मचारीका लागि पौने पाँच करोड रुपैयाँभन्दा बढी बोनसको व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७४ ०७५ मा गरेको खुद नाफाको एक प्रतिशतले हुन आउने चार करोड ७९ लाख ६३ हजार आठ सय ४५ रुपैयाँ विनियोजन गरेको हो ।

 

निगम सञ्चालक समितिको अध्यक्ष तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बिहीबार सम्पन्न ३७ औँ वार्षिक साधारणसभाले प्रतिवेदन पारित गरेको ेछ ।

 

आर्थिक वर्ष ०७५ ७५ सहित नेपाल आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब १८ करोड २३ लाख १३ हजार रुपैयाँ जम्मा भएको छ ।

 

सरकारले गत चार आर्थिक वर्ष निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लागएको पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version