जनकपुरधाम : हावाहुरीमा परेर ज्यान गुमाएकाको सम्झनामा प्रदेश-२ सरकारले चैत ३० गते शोक मनाउने निर्णय गरेको छ।

 

बारा र पर्सामा हवाहुरीमा परेर ज्यान गुमाउनेको सम्झनामा शोक घोषणा गर्न पटकपटक आग्रह गर्दा पनि केन्द्र सरकारले अटेर गरेपछि प्रदेश-२ सरकारले शोक घोषणा गरेको हो।

 

मन्त्रिपरिषद् बैठकले मृतकको १३ औं दिनमा चैत ३० गते शोक मनाउने निर्णय गरेको हो। सरकारले ३० गते बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न आह्वान गरेको छ।

 

प्रदेश सरकारले तत्काल मृतक परिवारलाई किरिया खर्च वापत जनही २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिए।

अघिल्लो आइतबार साँझ आएको हावाहुरीले २८ जनाको ज्यान लिएको थियो भने सयौँ प्रभावित भएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version