काठमाडौँ: तस्करीको अनेक उपाय फेरी एक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखिएको छ जव तीन चिनियाँ नागरिकको मलद्वारबाट तीन किलो ३०० ग्राम सुन बरामद भयो।

चीनकाे कुनमिङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह काठमाडाै‌ं उत्रेका उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले शंका लागि चेकजाँच गर्दा साे परिमाणकाे सुन भेटिएकाे हाे।

 

श‌ंका लागेपछि केएमसी अस्पतालमा लगेर एक्सरे गराउँदा मलद्वारमा राखेकाे अवस्थामा सुन भेटिएकाे विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।

 

माओ निङहुवासहित चीनकाे कुनमिङबाट साढे ३ बजे ओर्लिएका उनीहरू चेकजाँचका क्रममा केही असजिलाे मानेपछि प्रहरी र भन्सारका अधिकारीहरूले तीनैजनालाई अस्पताल लगेकाे थियाे।

 

‘सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएकाे संकेत गर्याे,’ विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसपी कृष्ण काेईरालाले भने ‘अस्पतालकाे एक्सरेमा धातु देखियाे।’

 

उनका अनुसार सुन निलेर आएका उनीहरूकाे पेटबाट सुन निकाल्न औषधी खुवाउनु परेकाे थियाे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version