काठमाडौं: दुई करोड ३२ लाख रुपैयाँ खर्चेर सगरमाथा हिमाल सफाई अभियान गरिने भएको छ। सरकारले निजी संघ संस्थासँग मिलेर १० हजार टन फोहोरमैला संकलन गर्ने तयारी गरेको हो। सगरमाथा सरसफाई अभियानमा सगरमाथाबाट पाँच हजार र यसकै अन्य क्षेत्रबाट पाँच हजार गरी १० हजार किलो फोहोर संकलन गर्न लागिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

 

यो अभियानले सगरमाथा क्षेत्रमा रहेको शवहरूको पनि व्यवस्थापन गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङल्हामु गाउँपालिका लगायतका अन्य चार वटा संस्थाले उक्त अभियान गर्न लागको हो।

 

१२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अप्रिलदेखि जुन महिनासम्म सगरमाथा हिमाल सरसफाई अभियान २०१९ गर्न लागेको हो। अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ मा उक्त फोहोर नाम्चेमा प्रदर्शन गरिने छ। त्यसपछि नाम्चेमा प्रशोधन गर्न सकिने फोहोरलाई त्यहीँ नै र प्रशोधन गर्न नमिल्ने फोहोरलाई काठमााडौंमा उचित व्यवस्थापन गरिने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version