काठमाडौँ: नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सले नेपाल बंङ्गलादेश बीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासमा दुबै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय–समयमा भएको र नेपालको निकासी बङ्गलादेशमा सहुलियतपूर्ण प्रवेशको लागि सहयोग गर्न सकारात्मक रहेको धारणा व्यक्त गरिन ।

 

साथै दुबै देश बीच सुविधा युक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुबै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेश भइसकेको हुँदा निकट भविष्यमा यो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त गर्दै विशेष नेपालबाट बङ्गलादेशमा धागो आयात गर्न समेत आफू इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासको तर्फबाट पहल गर्ने धारणा व्यक्त गरिन ।

 

बङ्गलादेशका राजदूतलाई नेपाल उद्योग परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल–बङ्गलादेश दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताए ।

 

दुई मुलुक छिमेकी राष्ट्र हुन तापनि यी मुलुकहरु बीच अपेक्षीत मात्रामा व्यापार विस्तार हुन नसकेको बताए ।

 

साथै नेपाल र बङ्गलादेशमा हुने मेला तथा प्रदर्शनीले दुबै मुलुक बीचको व्यापार प्रवद्र्धनमा योगदान पु¥याएको बताउँदै यसमा अझ बढी जोड दिनु पर्ने बताए ।

 

बङ्गलादेशले लघु वित्तमा पाएको सफलताबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताए । वि वि आई एन्, डब्लु टी ओ, सार्क, विमिस्टेक जस्ता संगठनमा नेपाल र बङ्गलादेशको साझ मुद्दा भएको र फुलबारी–बङ्गलाबन्द मार्गको बढी प्रयोग भएमा नेपाली माल वस्तुको सहज र सरल पहुँच हुने अध्यक्ष मोरले बताए ।

 

सो भेटवार्तामा परिसंघका गभर्निङ्ग काउन्सिलका सदस्य, राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version