काठमाडौं: सरकारले सुरु गरेको सबै नेपालीको बचत खाता अभियान अन्तर्गत ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी बैंकले बचत खाता सार्वजनिक गरेका छन्।

 

सबै बैंकले खाता खोल्ने ग्राहकलाई बोनस स्वरुप सय रुपैयाँ जम्मा गरिदिन्छन्।ग्लोबल आइएमई बैंकले समृद्धसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता अभियान अन्तर्गत सबै नेपालीको बचत खाता शीर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो।

 

एनएमबी बैंकले एक घर एक खाता अभियान अन्तर्गत सबैका लागि बचत, सबैका लागि सहारा भन्ने नारा सहित एनएमबि बैकको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ।

 

बैंकमा खाता खोल्नेले १८ वटा गम्भीर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा १० लाख रुपैयाँ सम्मको बीमा रकम पाउने जनाएको छ।बैंकका अनुसार खाता खोल्नेले सर्वाधिक व्याजदर पाउनुका साथै निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ, निशुल्क इन्टरनेट बैंकिङ लगायतका सुविधा पाउनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version