काठमाडौँ: फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् ।
दावेदार मानिएका अधिकांश ठुला टोलीले आपेक्षित पर्दर्शन गर्न चुकेको यस प्रतियोगितामा फाइनल पुगेका दुवै फ्रान्स र क्रोएसिया भने अपराजित छन् ।
आइतबार मस्कोस्थित लुजनिकी रंगशालामा क्रोएसिया पहिलो फाइनलमै उपाधि हत्याउने दाउमा छ भने फ्रान्स सन् २००६ को पीडा बिर्साउँदै दोश्रो उपाधि जित्ने लक्ष्यमा छ ।
१२ वर्षअघि इटालीसंग टाइब्रेकरमा पराजित फ्रान्सले सन्ना १९९८ मा ब्राजिललाई ३-० ले हराउंदै पहिलो विश्वकप उपाधि जितेको थियो ।
फ्रान्सले फाइनलसम्म यात्रा तय गर्दा समूह ‘सी’ बात तीन खेलमा दुई जीत एक बराबरी खेलेको थियो ।
यसपाली विश्वकपमा भित्र्याइएको भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को पहिलो फाइदा पनि फ्रान्सले नै पाएको थियो ।
समुहको पहिले खेलमा अस्ट्रेलियाबिरुद्ध रेफ्रीले भीएआरको प्रयोग गरेर प्रारम्भिक निर्णय उल्टाउँदै फ्रान्सलाई पेनाल्टी दिएका थिए ।
समुहको शिर्षस्थानमा रहेको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको थियो ।
क्रोएसियाले भने समूह ‘डी’ मा रहँदै तीनै खेल जित्दै अनकाउट चरण पक्का गरेको थियो। त्यसपछि लगातार तीन नकाउट खेल अतिरिक्त्ता समय खेल्दै पार गर्ने क्रममा क्रोएसियाले डेनमार्क र रुसलाई टाईब्रेकरमा पन्छायो । सेमिफाइनलमा भने क्रोएसियाले इंग्ल्याण्डमाथि २-१ को जित दर्ता गर्यो ।
