गोरखा: गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा । अथवा चर्चमा ।

 

किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् । अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्‍याउँछन् ।

 

गुम्बा र चर्चका एजेन्टले हुर्केका गाउँका बालबालिका सहर लगिदिएकैले चुमनुब्रीका विद्यालय धमाधम बन्द हुन थालेका छन् । विद्यार्थी नपाएपछि गाउँपालिकाका पाँच विद्यालय बन्द भएका छन् ।

 

मनास्लु इन्द्रेणी प्रावि नाम्रुङ, पेमाथाङ प्रावि लोक्पा, छुलेनिले आधारभूत विद्यालय निले, जनज्योति प्रावि स्यो, क्वाक आधारभूत विद्यालय क्वाक र क्य्राक प्रावि क्य्राक बन्द भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

 

विद्यार्थी्विहीन भएपछि बिहीस्थित गुम्बा हिमाली प्रावि बन्द भएको थियो। विद्यालय भवन भत्काएर त्यस ठाउँमा हेलिप्याड निर्माण भएको थियो।

 

एक वर्षअघि फेरि प्रारम्भिक बालविकास (ईसीडी) कक्षा सञ्चालन गर्न थालिएको वडाध्यक्ष सोनाम ग्याल्जेनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिव उप्रेतीले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version