काठमाडौँ: संसदीय सुनुवाइ समितिले न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका पाँच जना न्यायाधीशलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

 

न्यायाधीशमा सिफारिस प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको बिहीबार सुनुवाइ भएको थियो।

सुनुवाइ समितिले पाँचै जनाले सर्वसम्मत रूपमा अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

 

उनीहरूले अब सपथ लिएपछि कार्यभार सम्हाल्नेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version