काठमाडौँ: देव: विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट ५.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ।

 

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्त पुँजीको ५.५% बोनस शेयर दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न भने कुनै पनि नगद लाभांश दिएको छैन । यसर्थ, बोनसको कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ ।

 

बैंकले प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने जनाएको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८.३२ रुपैयाँ रहेको छ ।

प्रस्तावित बोनस वितरणपछि पुँजी २ अर्ब ६७ करोड ३० लाख ३२ हजार ७६७.४७ रुपैयाँ पुग्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version