काठमाडौँ: आर्थिक वर्ष सकिनै लाग्दा देशभर विकासका गतिविधिले गति लिने गरेको छ । यसरी वर्षासुरु भएसंगै विकास बजेट खर्च हुँदा विकास निर्माणका गुणस्तर कस्तो रहला ? यतिबेलाको निर्माण भएका पूर्वाधारमा बालुवामा पानी जस्तै हुने गरेको छ ।

असारमा बनाइएका पूर्वाधारहरु एक महिना नपुग्दै बिग्रने गरेको यथार्थ हामी सबैले देख्दै भोग्दै आएका छौँ ।

यो आर्थिक वर्ष पनि विकास निर्माणको कम गत बर्षस्तै भएको छ । चालू आर्थिक बर्षको अन्तिम एक सातामा १० प्रतिशत भन्दा बढी पुँजीगत बजेट खर्च भएको छ ।

एक सातामा दैनिक लगभग पाँच अर्वबढी विकास बजेट खर्च हुनेगरेको महालेखा नियन्त्रक कार्यालयको दैनिजेटरीक विवरणले देखाउँछ ।

असार २३ गते कुल पुँजीगत बजेटको ५७ प्रतिशत ( एक खर्व ९२ अर्व) बजेट खर्च भएकोमा असार ३० गते ६७ दशमलव ८८ प्रतिशत पुगेको छ ।

चालू आर्थिक वर्षको लागि पुँजीगत खर्च तर्फ ३ खर्ब ३५ अर्ब बजेट बिनियोजन गरिएको थियो ।

सरकारले पुँजीगत बजेट खर्चमा सुधार गर्न बजेट ल्याए पनि अपेक्षीत रुपमा खर्च हुन नसक्दा बिकासका कामहरु अघि बढ्न सकेको छैन ।

अर्थ मन्त्रालयले समयमा बजेट निकाशा गरि सम्बन्धित मन्त्रालय तथा बिभागहरुलाई बजेट खर्चको अक्तियारी दिए पनि पुँजीगत खर्च बढ्न नसक्दा चिन्ताको बिषय बनेको छ ।

यता चालू खर्च भने ८५ दशमलब ६५ प्रतिशत भएको छ । हालसम्म चालू खर्च तर्फको बजेट बिनियोजनको ६ खर्ब ८८ अर्ब खर्च भएको छ । सरकारले चालू खर्च तर्फ ८ खर्ब ३५ अर्ब बिनियोजन गरेको थियो ।

चालू आर्थिक बर्षको असार तेश्रो हप्ता सम्ममा बार्षिक लक्ष्यको ९५ प्रतिशत राजस्व संकलन गएको छ । चालू आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ६ खर्ब ९७ अर्ब राजस्व संकलन भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version