एजेन्सी: चिनियाँ जल सेनाको ७० औँ वर्षगाँठको अवसरमा चीनको क्वीङडाओमा हुने ‘इन्टरनेसल फ्लीट रिभ्यु’ मा भाग लिन दुई भारतीय युद्धपोत त्यसतर्फ प्रस्थान गरेको छ ।

 

भारतमा नै बनेको स्टेल्थ गाइडेड मिसाइल डिस्ट्रोयर आइएनएस कोलकाता र फ्लीट सपोर्ट आइएनएस शक्ति अप्रिल २१ मा चिनियाँ तटमा पुग्ने भारतीय जल सेना प्रवक्ताले जनाएका छन् ।

 

दुई युद्धपोत अप्रिल २३ मा हुने सैन्य ड्रिलमा सहभागी हुनेछन् । त्यसलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले अवलोकन गर्नेछन् ।

 

पाकिस्तानले भने यसमा सहभागिता नजनाउने भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

 

यसअघि सन् २०१४ मा पनि भारतले चीनको जनमुक्ति सेना (पीएलए) को स्थापनाको ६५ औँ वर्षगाँठको अवसरमा आयोजित अभ्यासमा आफ्नो युद्धपोत चीनमा पठाएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version