काठमाडौँ: नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को स्थापना गरेको छ।
अस्पतालको २६ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष बसन्त चौधरीले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को उद्घाटन गरेका हुन्।
रक्तसञ्चार केन्द्र अस्पतालभित्रै स्थापना भएपछि आकस्मिक अवस्थाका बिरामीका लागि रगत खोज्न बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ।
रक्तसञ्चार केन्द्रको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले स्तरीय स्वास्थ्य सेवा र बिरामीप्रतिको सेवामा अस्पताल सदैव सर्मपित हुने बताए।
पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको र देश बाहिर जानुपर्ने अवस्था नरहे पनि समाजका प्रतिष्ठित व्यक्तिहरुमा अझै पनि विदेश मोह देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे।
२५ शैय्याबाट स्वास्थ्य सेवा दिन सुरु गरेको अस्पतालले आगामी ३ वर्ष भित्र २ सय ५० शैय्या पुर्याउने लक्ष्यसहित नया भवन निर्माणको काम गरिरहेको छ। हाल अस्पतालमा १ सय ५० शैय्या रहेका छन्।
