काठमाडौँ: नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा सोमबार हुने बताए ।

उनले पार्टी एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न समेत आग्रह गरेका छन् ।

उनका अनुसार आज साँझ ६ बजेका लागि सचिवालय बैठक डाकिएको छ। त्यसअघि साँझ ५ बजे दुई अध्यक्ष बसेर छलफल गर्ने दाहालले बताए।

नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रचण्डले दुई जना कमरेडलाई दिनभर तयारी बैठक गर्न निर्देशन दिइएको बताए।

यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, दाहाल,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो।

दाहालले भोलि नै जिल्ला संगठन र जनसंगठनको नेतृत्व घोषणा हुने बताए। उनले नेतृत्व चयनमा अनुहार नहेरिने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version