नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदअन्तर्गतको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले एकै दिन दुई कीर्तिमानसहित दुईवटा स्वर्ण पदक जितेकी छन्। उनले महिला ५० मिटर ब्याकस्ट्रोक र महिला आठ सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन्।

 

नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीको निर्माण सम्पन्न नभएका कारण सुर्खेत रोडस्थित होटेल सिग्नेट इन् कृष्णामा आइतबार आयोजना गरिएको पौडी प्रतियोगितामा गौरिकाले महिला ५० मिटर ब्याकस्ट्रोकको आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन्।

 

उनले आइतबार निर्धारित दूरी ३०.८५ सेकेन्डमा पूरा गरिन्। यसअघि सन् २०१८ मा काठमाडौंमा आयोजना गरिएको २२औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा उनले निर्धारित दूरी ३१.२२ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन्।

 

उक्त स्पर्धामा नेपाल पुलिस क्लबकी अनुष्का पोखरेल ३७.७८ सेकेन्डसहित दोस्रो र एपीएफ क्लबकी युस्का महर्जन ३९.६३ सेकेन्डसहित तेस्रो भइन्। यसैगरी गौरिकाले महिला आठ सय मिटर फ्रिस्टाइल स्पर्धामा निर्धारित दूरी नौ मिनेट ३९.२२ सेकेन्डमा पार गरिन्। उक्त स्पर्धामा आर्मी क्लबकै उपास्ती महर्जनले रजत र पुलिस क्लबकी समीरा शोभा थापाले कांस्य पदक हात पारे।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version