काठमाडौँ: नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ। भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौं उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो।
निगमले आगामी वैशाख १८ (मे १ देखि) काठमाडौं नयाँदिल्ली सातामा १४ उडान गर्ने जनाएको छ। उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ।
यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।
Facebook Comments Box
